यसकारण आइपिएल अक्सनमा नआउने भइन् प्रीति जिन्टा

यसकारण आइपिएल अक्सनमा नआउने भइन् प्रीति जिन्टा
Glammandu प्रकाशित: आइतबार, ०१ फागुन २०७८, ११ : १९ pm

भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा उपस्थित नहुने भएकी छन् । हालैमात्र आमा बनेकी प्रीतिले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै त्यसको कारण पनि उल्लेख गरेकी छन् ।

प्रीतिले आफ्ना जम्ल्याहा सन्तानलाई एक्लै छोड्न नसक्ने भएकाले अक्सनमा उपस्थित हुन नसक्ने बताएकी छन् । ‘यो वर्ष म आइपिएल अक्सनको हिस्सा हुन पाउने छैन । किनकि मेरा आफ्ना सन्तानहरूलाई छोडेर भारत आउन सक्दिनँ । एक साता यता हाम्रो टिम लिलामी र क्रिकेटको सबै कुरामा चर्चा गर्न व्यस्त छौं’, आइपिएल अक्सनको एक पुरानो तस्बिर राख्दै उनले लेखेकी छन् ।

उनले आफ्ना फ्यानलाई कोही खेलाडी अथवा आफ्नो टिममा कसैलाई राख्न चाहने हो भने सिफारिस गर्न सुझाव दिएकी छन् ।

प्रीतिको कुरा गर्दा उनी गत वर्ष नोभेम्बरमा सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानको आमा बनेकी थिइन् । आमा बनेपछि उनी सन्तानको स्याहारसुसारमा व्यस्त छिन् । विवाहको पाँच वर्षपछि प्रीति र उनका पति जीन गुडइनफको घरमा सन्तानको आगमन भएको हो ।

प्रकाशित: आइतबार, ०१ फागुन २०७८, ११ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News