सय रुपैयाँ बोकेर संसार घुम्न निस्केका साइकल यात्री पुष्करको प्रेरणादायी कथा [भिडियोसहित]

सय रुपैयाँ बोकेर संसार घुम्न निस्केका साइकल यात्री पुष्करको प्रेरणादायी कथा [भिडियोसहित]
Glammandu प्रकाशित: शुक्रबार, २४ बैशाख २०७८, १० : ५२ pm

उखानै छ नि नपत्याउने खोलाले पनि बगाउँछ भन्ने ! विश्व साइकयात्री तथा सगरमाथा आरोही पुस्कर शाहको जीवनमा पनि यस्तै भयो । साइकलको माध्यमबाट विश्व घुम्छु भन्दा कसैले पत्याएनन् । उनले ११ वर्षको अवधिमा साइकलकै माध्यमबाट संसारका सबै महादेशको १५० देश घुमिसेका छन् । संसारलाई दूरीको हिसावले नाप्ने हो भने उनले २ लाख २१ हजार किलोमिटर पार गरेका छन्, जुन दुरी भू-मध्येरेखालाई नाप्ने हो भने संसारलाई साढे ५ फन्को नाप्न पुग्छ, अनि चन्द्रमासम्म एक तर्फी नाप्न पुग्छ ।

पुष्कर दोलखा जिल्लाको दुर्गम गाउँमा जन्मिएका हुन् । यतिसम्म कि उनले ए-बी-सी-डीसमेत ४ कक्षामा पुग्दा बल्ल पढेका थिए । विद्यालय तहको शिक्षा पार गरेपछी उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरेका उनले एउटा इतिहास नै रचेका छन् । मास्टर बन्ने सपना बोकेर काठमाडौं छिरेका उनको जीवनले नयाँ मोड लियो । ४/५ वर्ष काठमाडौंमा बिताएका उनले हाइस्कुल पढाउन सक्ने प्रमाणपत्र पनि प्राप्त गरे । त्यसअवधिमा उनले धेरै सिक्ने अवसर पाएको बताउँछन् । संसारलाई नियाल्ने सपना पनि पुस्करलाई सोहि बेला जागेको थियो ।

उनले १० बजे स्कुल अनि ४ बजे घर फर्कने दूरीलाई लम्ब्याउने सपना देखे । संसार पढ्नुपर्छ, बुझ्नुपर्छ, नजिकबाट नियाल्नुपर्छ भन्ने सपना देखे । संसारका विभिन्न देशका मान्छेहरुले गरेका भिन्न भिन्न कामहरुले आफुलाई प्रेरित गरेको उनी बताउँछन् । जसले गर्दा उनले मास्टर बन्ने सपनालाई त्यहिँ थाती राखेर विश्व यात्रामा निस्कने सपना देखे ।

त्यसपछि संसार घुम्ने सपनालाई विजारोपण गरेका पुष्करले साइकललाई सारथी बनाए । साइकलबाट पनि विश्व घुम्न सकिन्छ भन्ने सपना बुनेका उनले पहिलोपटक यो कुरा आमालाई भनेका थिए । तर आमाले समेत उनको कुरालाई पत्याइनन् । उनलाई आमाको स्वीकृति लिन नै एक वर्ष लागेको थियो । २०५५ साल साउन १६ गते दोलखाको सदरमुकाम चरिकोटबाट निस्कँदै गर्दा उनलाई आमाले हातमा एक सय रुपैयाँ थमाईदिएकी थिइन् । त्यहि एक सय रुपैयाँ बोकेर पुस्कर संसार घुम्न निस्किएका थिए ।

पुष्करसँग कुनै नेपालीसँग नभएकाे संसारको १५० देश घुमेको र सातै समुन्द्रमा नुहाएको, पौडी खेलेको र पानी खाएको अनि संसारको सातै आश्चर्यहरुलाई आफ्नै हातले स्पर्श गरेको मिठो अनुभव छ ।

संसारका १५० देश घुमेर फर्किएका उनको यात्रा त्यतिमै रोकिएन । उनले २०६७ साल जेठमा संसारकै सर्वोच्च शिखर सगरमाथाको आरोरण समेत गरे । र, केहि मिनेट सगरमाथाभन्दा पनि अग्लो भएर उभिएर विश्व रेकर्ड समेत राखे । माइतीघरको एउटा छ्याङ पसलबाट शुरु भएको उनको कथा साँच्चै नै प्रेरणादायी छ ।
उनको अनुभव र संघर्षका कथाहरु उनैकाे शब्दमा:-

प्रकाशित: शुक्रबार, २४ बैशाख २०७८, १० : ५२ pm

प्रतिक्रिया दिनुहोस

Related News