सट मुभी ‘टिकटक स्टार’ रिलिज

सट मुभी ‘टिकटक स्टार’ रिलिज
Glammandu प्रकाशित: बुधबार, २६ फागुन २०७७, १६ : २२ pm

कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको लेखन÷कथा रहेको सट मुभी रिमा स्टुडियो बबरमलमा बुधवार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो ।

जसको छायांकन, सम्पादक र भि.एफ.एक्स. मिराज अर्यालको रहेको छ भने गायिका टीका पुन, गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथी कलाकार रहेका छन । उक्त १७ मिनेट रहेको सट मुभी ‘टिकट स्टार’ टिकटबाट भाइरल भएको र संघर्षबाट भाइरल बिचको फरक देखाउन खोजिएको छ । पछिल्लो समयमा टिकटबाट भाइरल हुनेको संख्या धेरै छ।

एउटा कलाकार बन्न बर्षौको मेहनत ,संर्घस, धैरेता चाहिन्छ भन्ने विषयलाई लिएर बनाईएको यस सट मुभी हो । सट मुभी बुधबार युटुबमा राखिएको निर्देशक योगेन्द्रले बताएका छन । कलाकारहरुमा मनोज खड्का, अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोहि चौलागाईं रहेका छन्।

 

प्रकाशित: बुधबार, २६ फागुन २०७७, १६ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News