‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने
Glammandu प्रकाशित: मंगलबार, २५ फागुन २०७७, १२ : ३१ pm

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । 

चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतको अभिनय रहेको छ । 

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । 
चलचित्रको लगभग १० प्रतिशत छायांकन अझै बाँकी रहेकाले फाल्गुन २७ गतेबाट चलचित्रको बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको र्निमाण पक्षले जनाएको छ ।

चलचित्रको प्रदर्शन तीजको अवसर पारेर तय गरिएको हो ।

प्रकाशित: मंगलबार, २५ फागुन २०७७, १२ : ३१ pm

प्रतिक्रिया दिनुहोस

Related News