‘तिमीसँगै हुने मन छ’ मा नाजिर अनुबन्धित

‘तिमीसँगै हुने मन छ’ मा नाजिर अनुबन्धित
Glammandu प्रकाशित: बुधबार, २६ फागुन २०७७, ११ : २७ pm

अभिनेता नाजिर हुसेन निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अनुवन्धित भएका छन् । उनलाई केही दिन अगाडि मात्र निर्माणपक्षले अनुबन्धनको र्निणय गरेको हो । यो चलचित्रमा मुम्बइका रोहित सुचान्ती र नायिका दीपिका प्रसाइले काम गर्ने पक्का भैसकेको छ ।

यो चलचित्रका लागि यसअघि नायक पल शाह र निराजन प्रधानको नाम चर्चामा थियो । तर, चलचित्रमा नाजिर अनुबन्ध भएसंगै अब भने यी दुबै कलाकार यो चलचित्रमा नहुने पक्का भएको छ । 

नाजिर हुसेन लकडाउनपछि म्यूजिक भिडियोमा खेल्नमै व्यस्त देखिन्छन् । म्यूजिक भिडियोमा राम्रो चलिरहेका नाजिर केही महिना अगाडि मात्र चलचित्र ‘चिलगाडी’ मा अनसबन्धित भएका थिए ।


 

प्रकाशित: बुधबार, २६ फागुन २०७७, ११ : २७ pm

प्रतिक्रिया दिनुहोस

Related News