रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा‘सुनसरी इनरुवा’ सार्वजनिक

रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा‘सुनसरी इनरुवा’ सार्वजनिक
Glammandu प्रकाशित: बुधबार, २६ जेठ २०७८, १७ : ०९ pm

सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्द्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले डेढ दशक अघि नै आफ्नो गृहनगर इनरुवाप्रति समर्पित गर्दै ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहि एल्बमको शीर्ष गीतको रिमेक गरी नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । 

उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा रिमेक भर्सन सार्वजनिक भएको हो । गीतका शब्दहरुमा इनरुवा र आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ भने भिडियोमा इनरुवा बजारसहित रामधुनी, देवीथान, लाटी माई, कंश मरण लगायतका मठ मन्दिरहरुको दृश्य समवेश गरिएको छ । भिडियोलाई जीवन्त बनाउन उमेशले कलाकारहरुको टोलिलाई नै इनरुवा उतारेर छायाँकन गराएका थिए ।

भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका रिमा विश्वकर्माले अभिनय गरेका छन् । युवराज वाईबाको निर्देशन रहेको भिडियोको छायाँकन निलास पौडेलले र सम्पादन विकास दाहालले गरेका हुन् । गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । गोत्र इन्टरटेनमेन्ट च्यानलबाट भिडियो सार्वजनिक भएको हो । हाल अमेरिकामा रहेका उमेशले एकपछि अर्को नयाँ गीत सार्वजनिक गरिरहेका छन् ।

यसअघि उनले बाबाको दुई पैसे जागिर बोलको गीत सार्वजनिक गरेका थिए । दर्शक स्रोताले उक्त गीत र भिडियो मन पराएका थिए । उनी आफै गाउने, लेख्ने र सङ्गीत भर्ने क्षमता राख्छन् । तर पछिल्लो समय उनले सङ्गीत र शब्दमा जोड दिइरहेका छन् । यसअघि उनको नयाँ गीत ‘एक्का बास्सा मिस्सी’ को भिडियो बजारमा आएको थियो । त्यसअघि उनको ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । त्यसैगरी उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो पनि सार्वजनिक भएको थियो । यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए ।

प्रकाशित: बुधबार, २६ जेठ २०७८, १७ : ०९ pm

प्रतिक्रिया दिनुहोस

Related News