बादल थापा र सुबिन सेञ्चुरीले ल्याए "नक्कली मोरी"

बादल थापा र सुबिन सेञ्चुरीले ल्याए "नक्कली मोरी"
Glammandu प्रकाशित: मंगलबार, १६ कार्तिक २०७८, १३ : १४ pm

ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको पहिलो प्रस्तुती नक्कली मोरी नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापा र सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सुबिन सेञ्चुरीको शब्द रहेको यस गीतको संयोजन सुबिन सेञ्चुरी र बादल थापाले गरेका छन् । गीतमा सुबिन सेञ्चुरी र बादल थापाको आवाज सुन्न र यथार्थपरक प्रस्तुति हेर्न सकिन्छ । यस गीतको मिक्सिङ र मास्टरिङको काम कमल थापाले गरेका छन् । यस भिडियोको डिजाइनिङ र सम्पादन हिम सागर बमले गरेका छन् ।

गितमा नक्कली मोरीलाई मुख्य पात्र बनाएर उनकाे शारीरिक भावना, आकर्षण तथा उनको मेकअप र रूपको वर्णन गरिएको छ । गितको भिडियोमा पनि गायकद्धयलाई नै देख्न सकिन्छ ।

भिडियाे पनि :

प्रकाशित: मंगलबार, १६ कार्तिक २०७८, १३ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News