‘हेर यो मुटुमा चिरा पर्या छ' एकोस्टीक भर्जनमा सार्वजनिक

‘हेर यो मुटुमा चिरा पर्या छ' एकोस्टीक भर्जनमा सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, १२ फागुन २०७८, १७ : ०९ pm

चर्चित गायक बादल थापाको अत्याधिक रुचाइएको गीत 'हेर याे मुटुमा चिरा पर्या छ' काे एकोस्टीक भर्जन सार्वजनिक भएकाे छ । यस भर्जनमा चर्चित नेपाली लोक दोहोरी गायिका शान्ति श्री परियारकाे मिठाे आवाज सुन्न सकिन्छ ।

एकोस्टीक भर्जनकाे गीत ओ टु स्टुडियोको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हाे । यस गीतमा शान्ति श्री परियार र बादल थापा दुवै जनालाई एकैसाथ देख्न सकिन्छ । याे भिडियाे आजै मात्र सार्वजनिक गरिएकाे हाे ।

यस भर्जनकाे बारेमा बाेल्दै बादल थापाले यसअघि सार्वजनिक गरिएकाे हेर यो मुटुमा गीत र यसकाे अफिसियल भिडियाेलाई जस्तै यो भर्जनलाई पनि दर्शक श्रोताहरूले भरपूर माया र प्रेम दर्साइदिने विश्वास व्यक्त गरेका छन् ।

बादल थापाकै शब्द संगित रहेको याे गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएपछि यही गीतकाे अफिसियल म्युजिक भिडियो निर्माण गरिएको थियाे ।बिन्दास मिडिया नेटवर्क प्रालीले निर्माण गरेको साे अफिसियल म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय देख्न सकिन्छ । 

भिडियाे हेर्नुहाेस् :

प्रकाशित: विहीबार, १२ फागुन २०७८, १७ : ०९ pm

प्रतिक्रिया दिनुहोस

Related News