पाइल्सको समस्या छ ? के खाने, के नखाने ? यी हुन् घरेलु उपचार विधि

पाइल्सको समस्या छ ? के खाने, के नखाने ? यी हुन् घरेलु उपचार विधि
Glammandu प्रकाशित: मंगलबार, १८ जेठ २०७८, ११ : २१ pm

पछिल्लो समय नेपालमा पाइल्ससम्बन्धी समस्या हुने व्यक्तिहरुको सङ्ख्या बढ्दो क्रममा छ । अस्वस्थ खानापनाकै कारण पाइल्स रोगको समस्या बढ्न थालेको छ । 

मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । पाइल्स गोप्य अङ्गमा हुने हुँदा धेरै व्यक्तिहरु रोग लागे पनि समयमा चिकित्सकलाई नदेखाउँदा यसले समस्या निम्त्याएको छ ।

रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाई हुने समस्याले पाइल्सको समस्या दिनप्रतिदिन बढ्दो छ। सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिने यो समस्या जटिल अवस्थामा पुग्यो भने शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ ।  पायल्सबाट कसरी छुटकारा पाउन सकिन्छ ? यसको घरेलू उपचार के-के हुन् ? हामीले हेल्थ गाइडको आजको एपिसोडमा आयुर्वेद व्यवसायी सुजन खनालको तिप्सलाई प्रस्तुत गरेका छौं ।

पायल्स २ प्रकारका हुन्छन्: 

१) रगत आउने 
यसमा आलो रगत आउने समस्या हो । 

२) रगत नआउने 
यो पीडादायी र सुन्निने खालको हुन्छ ।

पाइल्स रोगबाट बच्न के खाने, के नखाने ?

-गरम मसला, मरिच र पिरो खानेकुरा नखाने 
-माछामासु कम खाने
-हरियो सागपात, फलफूल दैनिकजसो खाने, 
-दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने 
-मैदाबाट बनेको खानेकुरा कम खाने 
-सलादयुक्त खानेकुरा प्रशस्त खाने 


पाइल्सबाट बच्न उपाय

-खानपानमा विशेष ध्यान दिने 
-प्रशस्त मात्रामा पनि पिउने 

रगत आइराख्यो र कन्ट्रोल गर्नुपर्ने अवस्था आयो भने के गर्ने ?

-अजुवाइन, कालो नुन र शुद्ध नौनी घ्यू मिसाएर लगातार ५ दिनसम्म खाने 
-शुद्ध गाईको दुध र कागतीको रस मिसाएर सात दिनसम्म सेवन गर्ने 

यसको अलावा आयुर्वेदिक औषधिको प्रयोग गर्न सकिन्छ ।  जसको लागि आयुर्वेदिक चिकित्सकसँग परामर्श लिन सकिन्छ  ।
भिडियो हेर्नुहोस् :- 

प्रकाशित: मंगलबार, १८ जेठ २०७८, ११ : २१ pm

प्रतिक्रिया दिनुहोस

Related News