पार्किङ्गबाटै जीवन धान्ने रीना दिदीको कथा

पार्किङ्गबाटै जीवन धान्ने रीना दिदीको कथा
Glammandu प्रकाशित: शुक्रबार, २७ चैत्र २०७७, १४ : ०७ pm

“जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरु देख्छन् अनि हार्ने लक्षण भएको व्यक्तिले समस्या”

ललितपुर महानगरपालिका वडा नं. १२ निवासी रीना सील्पकार विगत आठ वर्षदेखि सवारी साधन पार्किङ्गमा काम गर्दै आइरहेकी छिन् । रीनाको ११ वर्षीय छोरा छ । उनका श्रीमान् सुधार केन्द्रमा काम गर्छन् । बिहानभर घरको कामकाज भ्याई उनी १० बज्दा पार्किङ्ग स्थल आइपुग्छिन् । अनी त्यहाँबाट सुरु हुन्छ उनको पार्किङ्गकाे काम । निरन्तर साँझ ८ बजेसम्म त्यहाँ बसी उनी घर फर्किन्छिन् । पार्किङ्गबाट दिनमा पन्ध्र सयदेखि २ हजारसम्म उठ्दछ । त्यहाँबाट उठेको केही रकम नगरपालिका, वडा र टोल सुधार समितिलाई बुझाई बाँकी रहेको उनी आफू राख्दछिन् । सुरुवाती दिनहरुमा दुख खेप्नुपरे पनि हाल परिवारको समर्थन र अन्य व्यक्तिहरुको प्रोत्साहनले गर्दा आफूलाई काम गर्न झनै उर्जा मिल्ने रीना बताउँछिन् ।

सेवाभावले भरिपूर्ण रीना भन्छिन् “म सक्छु भनेर गर्ने हो भने केही काम पनि असम्भव छैन ।” 

हेराैँ अनेकाैँ चुनाैतीहरूलाई सामना गर्दै अघि बढीरहेकी रीना दिदीकाे प्रेरणाकाे कथा :

प्रकाशित: शुक्रबार, २७ चैत्र २०७७, १४ : ०७ pm

प्रतिक्रिया दिनुहोस

Related News