७० वर्षको उमेरमा एमबिए पास गर्ने नानीमैया श्रेष्ठको कथा

७० वर्षको उमेरमा एमबिए पास गर्ने नानीमैया श्रेष्ठको कथा
Glammandu प्रकाशित: मंगलबार, १४ बैशाख २०७८, ११ : १० pm

‘खाने मुखलाई जुँगाले छेक्दैन भनेझै पढ्ने व्यक्तिलाई उमेरले  छेक्दैन’

भनिन्छ शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । तर उझै पनि नेपालका ग्रामीण भेगहरुमा कतिपय महिलाहरू अशिक्षित भएकै कारण अनेकौं घरेलु हिंसाका शिकार भइरहेका छन् । महिलाहरुलाई चुलो चौकोमै सिमीत बनाउनु पर्छ भन्ने त्यो बेलाको समाजमा पनि केही महिलाहरु भने यस्ता भनाईलाई चीर्दै लाखौं महिलाहरुका लागि प्रेरणाको श्रोत बनेका हुन्छन् । 

यस्तो अवस्था रहेको नेपाली समाजमा केही समय अगाडी सामाजिक सञ्जालमा एकाएक एउटा वृद्धा आमाको दिक्षान्त समारोहको तस्वीर भाइरल भयो । त्यो तस्वीर अरु कसैको नभएर तीनै नानीमैया श्रेष्ठको हो जसले ७० वर्षको उमेरमा नेपाल भाषामा एमबिए पास गरि लाखौं व्यक्तिको प्रेरणाको श्रोत बनिन् । 

ललितपुर निवासी नानीमैया श्रेष्ठले ७० वर्षको उमेरमा नेपाल भाषामा एमबिए पास गरेर लाखौं नेपालीहरुका लागि प्रेरणाकी श्रोत बनेकी हुन् । १० वर्षसम्म नपढीकन बिताएकी उनले १० वर्ष पछि बुवासँग आग्रह गरी कन्या स्कुलमा भर्ना भएर त्यहीँबाट एसएलसी पास गरिन् । क्याम्पस पढ्नका लागि उनका बुवाले केटाहरुसँग नबोल्ने सर्तमा अनुमति दिएका थिए । यसै प्रकारले उनले आईए पास गरिन् । बीए पढ्दा पढ्दै उनको विवाह भयो । विवाह पश्चात २ जना छोरी पाउनञ्जेलमा उनले बीए पास गरिन् । ३ जना छोरा छोरी स्कुल पढ्न जान थालेपछि उनि पनि स्कुलमा पढाउन थालिन् । बच्चा बच्ची भएका कारण उनले पढाई बिचमै रोक्नु पर्यो । २० वर्षको अन्तरालपछि उनले मौका परिक्षा दिएर बीएड पास गरिन् । यसै प्रकारले उनले हिम्मतका साथ ७० वर्षको उमेरमा एमबिए पास गरि दिक्षित हुन सफल भईन् । 

नानीमैया श्रेष्ठको शैक्षिक यात्राबाट हामी के बुझ्न सक्छौं भने हिम्मत, इच्छाशक्ति र आत्मविश्वास भए हरेक व्यक्ति सफल हुनेछन् । अनि आफ्ना सपना साकार बनाउन मानिसले धैर्य गर्न पनि सिक्नुपर्छ । भनिन्छ नी, ‘धैर्य र समय दुई एकदमै शक्तिशाली योद्धा हुन् ।’ यो भनाईलाई नानीमैया श्रेष्ठको जीवनसँग दाजेर हेर्ने हो भने जसरी उनले पढाइलाई बिचमै रोकी २० वर्ष पछि फेरी निरन्तरता दिईन् । यसरी नै हामीले पनि धैर्यताका साथ आफ्नो सपना साकार बनाउने हो भने एकदिन हामी पनि अवश्य सफल हुनेछौं । 

हेराैँ हिम्मतका साथ ७० वर्षको उमेरमा एमबिए पास गरि दिक्षित हुने नानीमैया श्रेष्ठको प्रेरणाकाे कथा :

प्रकाशित: मंगलबार, १४ बैशाख २०७८, ११ : १० pm

प्रतिक्रिया दिनुहोस

Related News