डिशहोमले विश्वचर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

डिशहोमले विश्वचर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : ०८ pm

ग्ल्याममान्डु,काठमाडौं- विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ ।

नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले KWorld च्यानल सुरु गर्दैछ ।.K-Pop, My Little baby, Richman, King in the love, Melting heart आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै DIshHome GO (OTT) मा पनि यो च्यानल हेर्न सकिनेछ ।

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै Exclusive च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदानगर्ने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : ०८ pm

प्रतिक्रिया दिनुहोस

Related News