स्मारिकाको पूर्वपतिले गरे डिभोर्सको पुष्टि,  टिकटकबाटै खुलाए रहस्य

स्मारिकाको पूर्वपतिले गरे डिभोर्सको पुष्टि,  टिकटकबाटै खुलाए रहस्य
Glammandu प्रकाशित: सोमबार, ०७ भदौ २०७८, १६ : ५८ pm

टिकटकबाट चर्चामा आएकी मोडल स्मारिका ढकालको सम्बन्ध विच्छेद भएको छ । स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमार्फत आफूहरुको सम्बन्ध अन्त्य भएको जानकारी दिएका हुन् । यद्यपी उनले डिभोर्सको कारण भने उनले खुलाएका छैनन् । स्मारिका मोडलिङमा लागेर आफुहरुको सम्बन्ध विच्छेद नभएको र अन्य व्यक्तिगत कारण नै आफुहरुको डिभोर्स भएको जानकारी गराएका छन् ।

उनले आफुहरु आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने गरि  आपसी समझदारीमा नै छुट्टिएको जनाएका छन् । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् । विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे ।
 

प्रकाशित: सोमबार, ०७ भदौ २०७८, १६ : ५८ pm

प्रतिक्रिया दिनुहोस

Related News