वरिष्ठ हाँस्य कलाकार‘बखते’को निधन

वरिष्ठ हाँस्य कलाकार‘बखते’को निधन
Glammandu प्रकाशित: शनिबार, ०५ भदौ २०७८, ०८ : ५९ pm

चर्चित तथा वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।कोरोनाबाट संक्रमित थापाको शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा निधन भएको हो । 

उनलाई एक महिनाअघि कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । 

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

प्रकाशित: शनिबार, ०५ भदौ २०७८, ०८ : ५९ pm

प्रतिक्रिया दिनुहोस

Related News