टिम प्रोजेक्ट गमलाको प्रेरणाको कथा

टिम प्रोजेक्ट गमलाको प्रेरणाको कथा
Glammandu प्रकाशित: विहीबार, २३ बैशाख २०७८, १२ : ०१ pm

नेपाल प्राकृतिक सम्पदा र सुन्दरताले भरीपूर्ण देश हाे । प्राकृतिक सुन्दरतामा नेपाल पनि विश्वका धनी देशको कोटीमा पर्दछ । प्राकृतिक सौन्दर्यतालाई सदाबहार एउटै राख्नु हामी सबैकाे दायित्व हाे । प्राकृतिक सम्पदालाई जोगाई राखेमा मात्र वातावरणको संरक्षण हुन्छ ।

वातावरणप्रतिकाे हाम्राे जिम्मेवारी बहन गर्न र आफ्नै देशमा राेजगारी सिर्जना गर्ने मुख्य उद्देश्यका साथ सुरूवात गरिएकाे प्रोजेक्ट गमला साँच्चै नै उदाहारणीय र प्रेरणादायी छ । प्रोजेक्ट गमला पृथ्वी हाे । प्रोजेक्ट गमला सबै नेपालीकाे लागि प्रेरणाकाे स्राेत हाे । 

हजार किलोमिटरकाे यात्रा केवल एक कदमबाट सुरु हुन्छ भनेझैँ प्रोजेक्ट गमला पनि सानाे प्रयासबाट सफलताकाे खुड्किला टेक्न सफल भएकाे एक उदाहारणीय प्रोजेक्ट हाे । अनेकाैँ संघर्ष र चुनाैतीहरूलाई सामना गर्दै  आज प्रोजेक्ट गमला युवा पुस्ताहरूकाे मार्गदर्शन बन्न सक्षम भएकाे छ । प्रकृति र वातावरणलाई अगाँली प्रोजेक्ट गमला एकचाेटी प्रयाेग भइसकेका कुराहरूलाई खेर जान नदिकीन विभिन्न उपायहरू लगाएर पुन प्रयाेगमा (Recycle) ल्याउन सधैँभरी तल्लिन रहँदै आएको छ ।

प्रोजेक्ट गमलाले हरियाली वातावरण, राेजगारी, रिसायकल (Recycle), वृक्षारोपण जस्ता कुराहरूलाई प्राथमिकतामा राखेकाे छ । इच्छा भए बहानाले राेक्न सक्दैन भन्ने कुरा हामी प्रोजेक्ट गमलाबाट बुझ्न सक्दछाैँ । प्रोजेक्ट गमलाले युवा पुस्ताहरूलाई सकारात्मक उर्जा प्रदान गर्न मद्दत गर्दछ ।

हेराैँ टिम प्रोजेक्ट गमलाको प्रेरणाकाे कथा :

प्रकाशित: विहीबार, २३ बैशाख २०७८, १२ : ०१ pm

प्रतिक्रिया दिनुहोस

Related News