'द भ्वाइस अफ नेपाल' बाट बाहिरिएका चेम्जोङ भन्छन्, "हारले नै जितको बाटो देखाउँछ"

'द भ्वाइस अफ नेपाल' बाट बाहिरिएका चेम्जोङ भन्छन्, "हारले नै जितको बाटो देखाउँछ"
Glammandu प्रकाशित: विहीबार, ०२ बैशाख २०७८, १२ : ४० pm

'द भ्वाइस अफ नेपाल'को तेस्रो संस्करणको ब्लाइन्ड अडिसनबाट बाहिरिएका गोबिन्द चेम्जोङ लिम्बू अहिले सामाजिक सञ्जालहरुमा भाइरल छन् । कोच राजु लामाको "हेर्दा हेर्दै ढल्क्यो जोवन" गीत गाएका उनले कुनै कोचको कुर्ची घुमाउन सकेनन् । 

ब्लाइन्ड अडिसनबाट बाहिरिएपछी अहिले उनको चर्चा निकै चुलिएको छ । राम्रो गीत गाउँदा गाउँदै पनि सेलेक्ट नभएको भन्दै उनका समर्थकहरुले सेटिङ्ग 'द भ्वाइस अफ नेपाल'मा सेटिङ्ग चलेको आरोप समेत लगाएका छन्  ।  

हामीले कार्यक्रम ग्याल्म गफको आजको अंकमा उनै चेम्जोङसँगको कुराकानीलाई प्रस्तुत गरेका छौं  ।  संगीतमै रमाउने गोबिन्द चेम्जोङ द भ्वाइस अफ नेपालमा सेलेक्ट नभए पनि सांगीतिक यात्रालाई गन्तव्यमा पुर्याएरै छाड्ने बताउँछन् । हारले नै जितको बाटो देखाउने उनको तर्क छ । 
 

उनीसँग गरिएको रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस् :-

प्रकाशित: विहीबार, ०२ बैशाख २०७८, १२ : ४० pm

प्रतिक्रिया दिनुहोस

Related News