'पत्थरको मुटु' वियज पुनले आफ्नो भूपू मायालाई यसरी सम्झिए

'पत्थरको मुटु' वियज पुनले आफ्नो भूपू मायालाई यसरी सम्झिए
Glammandu प्रकाशित: शुक्रबार, २७ चैत्र २०७७, १३ : ५९ pm

पत्थरको मुटु भन्नेबित्तिकै हामीलाई झट्ट याद भइहाल्ने नाम हो विजय पुन । टिकटकबाट भाइरल बनेका विजय पुन अहिले म्युजिक भिडियो खेल्नमै व्यस्त छन् । टिकटकमार्फत चिनिएका उनलाई सबैले पत्थरको मुटु नामले चिनिन्छन् । 

प्रेममा धोका खाएपछि टिकटकमा आफ्नो प्रेमिकालाई संकेत गर्दै पत्थरको मुटु भनेर गालि गरेका उनको भिडियो भाइरल बनेको थियो । त्यसपछि उनको चर्चा झनै चुलिएको थियो । उनका हरेको भिडियोले मायामा धोका पाएर तड्पिएको प्रेमीलाई संकेत गर्दछ । 

पत्थरको मुटुको रुपमा चिनिएपछि पुनले पत्थरको मुटु बोलको गीत बजारमा ल्याएका थिए । उनको उक्त गीतलाई सबैले मन पराएका छन् । उक्त गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । उनको गीतलाई ४२ लाख ९५ हजारभन्दा बढीपटक हेरिएको छ ।

अहिले पुनद्वारा लिखित कन्चन बोलको गीतले पनि उत्तिकै चर्चा पाएको छ । चितवनमा घटेको वास्तविक घटनालाई आधारित मानेर बनाइएको उक्त गीत युट्युबको शिर्ष स्थानमा पर्न सफल भएको छ ।

चर्चामा चुलिएका पुन प्रेममा धोका खाएकै कारण आफु यहाँसम्म आइपुगेको बताउँछन् । कुसुम मिडिया क्रियसनद्धारा सञ्चालित ग्ल्याममान्डु च्यानल मार्फत साप्तिाहिक रूपमा प्रसारण हुने कार्यक्रम ग्ल्याम गफ को यो एपिसोडमा हामीले अतिथिको रूपमा उनै 
पत्थरको मुटु विजय पुनलाई लिएका छौँ । उनीसँग गरिएको मायाप्रेम, विछोड, सफलतासम्मका कुरालाई हामीले भिडियोमार्फत प्रस्तुत गरेका छौं ।

प्रकाशित: शुक्रबार, २७ चैत्र २०७७, १३ : ५९ pm

प्रतिक्रिया दिनुहोस

Related News