गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ सार्वजानिक

गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ सार्वजानिक
Glammandu प्रकाशित: शुक्रबार, २० चैत्र २०७७, १४ : ५६ pm

गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत सार्वजानिक भएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो ।

वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ । चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन ।

‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ ।’ गायिका खडकाले भनिन ।

म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन । उक्त म्युजिक भिडियोमा हरिश निरौला “साङ्लो बोरो”, उशा उप्रेती, कमल मनि नेपाल, युग्ज्योती कृयाशिल, बिना राउत, प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: शुक्रबार, २० चैत्र २०७७, १४ : ५६ pm

प्रतिक्रिया दिनुहोस

Related News