किरण गजमेरको "मोहनी मन्तर" सार्वजनिक

किरण गजमेरको  "मोहनी मन्तर" सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, १२ असोज २०७८, १० : ३० pm

द भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर को नयाँ गीत " मोहनी मन्तर " को म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गीतकार डि.पी खनालको शब्द रचना रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ। हाल टिकटक तथा म्युजिक भिडियोका चर्चित जोडी बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको नृत्यपरक भिडियो का छांयाकार नबराज उप्रेती हुन।

नवीन निरौलाको सम्पादन रहेको भिडियोमा गम्भीर बिष्ट को कोरियोग्राफी तथा निर्देशन रहेको छ। नक्षत्र फाउन्डेसनको निर्माण सहयोगको बनेको यो म्युजिक भिडियोलाई "अम्बर तुम्वापो सुब्बा" अफिसियल को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुस् भिडियो:

 

प्रकाशित: मंगलबार, १२ असोज २०७८, १० : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News