गितकार डि.पी खनालको "जाम्ला भागेर" को म्यूजिक भिडियो सार्वजनिक

गितकार डि.पी खनालको "जाम्ला भागेर" को म्यूजिक भिडियो  सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, १४ : ०० pm

मीन गुरुङ र बिना भट्टराईको आवाजमा रहेको नयाँ गीत "जाम्ला भागेर" को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डि.पी खनालले लेखेको गीतमा शंकर थापा स्माईलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। अस्ट्रेलिया बसोबास गर्दै आएकि नेपाली कलाकार/डान्सर तथा टिकटक क्विन अञ्जु भण्डारी र शैलेश हमालको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा अञ्जु भण्डारीकै कोरियोग्राफी,सागर तामाङ को छाँयाकन/सम्पादन साथै सबिन सापकोटा मिया र सागर तामाङ को निर्देशन रहेको छ।

डश म्युजिकको प्रस्तुति तथा बाबा एजुकेशन कन्सल्टेनिसिको प्रायोजनमा बनेको भिडोयोमा अस्ट्रेलियाको रमणीय दृश्य समेटिएको छ भने म्युजिक भिडियो डश म्युजिक नेपालको अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हेर्नुस भिडोयो:

प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, १४ : ०० pm

प्रतिक्रिया दिनुहोस

Related News