सुबिन सेञ्चुरीले ल्याए चैतै मास (भिडियोसहित)

सुबिन सेञ्चुरीले ल्याए चैतै मास  (भिडियोसहित)
Glammandu प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, १७ : ४८ pm

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “चैतै मास” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बजारमा आएको यस “चैतै मास” गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ ।

यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । एउटा किसानको दैनिकीलाई समेटिएको यो भिडियोमा सुबिनको मार्मिक अभिनय समेत देख्न सकिन्छ । विगतसँग आफ्नो वर्तमानलाई तुलना गर्दै दैनिकी गुजारा गरिरहेका सेञ्चुरीको प्रस्तुती यथार्थपरक छ ।

 

प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, १७ : ४८ pm

प्रतिक्रिया दिनुहोस

Related News