डिपी खनालको ४ दशक अघिको प्रेम "पर्नु पिर पर्‍यो"

डिपी खनालको ४ दशक अघिको प्रेम "पर्नु पिर पर्‍यो"
Glammandu प्रकाशित: सोमबार, ०४ असोज २०७८, १८ : ०० pm

डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ ।

डि,पी खनालको शब्द,संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छन्। विश्व अधिकारीले संगीत संयोजन गरेको गीतलाई बिप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ । बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम माईकल प्रोडक्शन डिजाईनर रहेको भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।

हेर्नुस् पूरा भिडियो:

प्रकाशित: सोमबार, ०४ असोज २०७८, १८ : ०० pm

प्रतिक्रिया दिनुहोस

Related News