भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुदिता राईको गीत ‘मिठा मिठा’रिलिज

भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुदिता राईको गीत ‘मिठा मिठा’रिलिज
Glammandu प्रकाशित: आइतबार, ०३ साउन २०७८, १७ : ०३ pm

नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन -३’को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ । 

‘मिठा मिठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीत पनि रहेको छ । यस गीतलाई चर्चित गायक तथा संगीतकार देवेश राईले एरेञ्ज गरेका छन् । यो गीत विशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । 

गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो । बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन् । भिडियोलाई विशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि विशालकै रहेको छ । गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा व्यस्त रहेकी छिन् । चर्चित गायक राई इज किङ राजेश पायल राईसँगको गीत पनि अहिले चर्चामा रहेको छ । 
भिडियो हेर्नुहोस् :-

प्रकाशित: आइतबार, ०३ साउन २०७८, १७ : ०३ pm

प्रतिक्रिया दिनुहोस

Related News