बिनोद राई र ससिका राईको ‘एकैसाथ यो झरीमा’सार्वजनिक  (भिडियोसहित)

बिनोद राई र ससिका राईको ‘एकैसाथ यो झरीमा’सार्वजनिक  (भिडियोसहित)
Glammandu प्रकाशित: सोमबार, २१ असार २०७८, १२ : २८ pm

नेपाली तारा सिजन ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ फ्रेमबाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ । ‘एकैसाथ यो झरीमा’बोलको गीत देबेश ससिका युट्युव च्यानलबाट रिलिज गरिएको हो । 

यस गीतमा इन्दु तामाङको शब्द रहेको छ, भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो । 

‘एकैसाथ यो झरीमा’गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरी अनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । प्रविन र अञ्जनाको जोडीपनि म्युजिक भिडियोमा जमेको छ । यस भिडियोलाई निर्देशनसँगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ । 

भिडियो हेर्नुहोस् :-

प्रकाशित: सोमबार, २१ असार २०७८, १२ : २८ pm

प्रतिक्रिया दिनुहोस

Related News