अञ्जु पन्त र मनोजराजको 'तिमी आयौ जिन्दगीमा’सार्वजनिक

अञ्जु पन्त र मनोजराजको 'तिमी आयौ जिन्दगीमा’सार्वजनिक
Glammandu प्रकाशित: बुधबार, १६ असार २०७८, १८ : १३ pm

वैवाहिक जीवनबाट अलग्गिएको एक दशक पार गरे पनि गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटी सांगीतिक जीवनमा जोडिएका छन् । एक दशकभन्दा लामो समयपछि उनीहरुको सहकार्यमा नयाँ गीत तयार भएको हो । अन्जु र मनोजराजको स्वरमा तयार 'तिमी आयौ जिन्दगीमा’ बोलको गीत बुधबार सार्वजनिक गरिएको छ ।

सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ । तीन वर्षअगाडि नै रेकर्ड गरिएको गीतको हालै मात्र म्युजिक भिडियो छायांकन गरी सार्वजनिक गरिएको हो । 

सुव्रतराज आचार्यकाे निर्देशन रहेको म्युजिक भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रकाशित: बुधबार, १६ असार २०७८, १८ : १३ pm

प्रतिक्रिया दिनुहोस

Related News