“धुरुरु” को अपार सफलतापछि बादलको नयाँ गीत 'भुलेर नि माया नलाउनु' सार्वजनिक

“धुरुरु” को अपार सफलतापछि बादलको नयाँ गीत 'भुलेर नि माया नलाउनु' सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, ११ असार २०७८, १२ : ५६ pm

गायक बादल थापा मगरको नयाँ गीत 'भुलेर नि माया नलाउनु' सार्वजनिक भएको छ । उक्त गीतको भिडियो 'एमएस इन्टरटेनमेन्ट' नामक युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको हो ।

सत्यकला लामाको शब्द रहेको गीतमा संगीत बादल थापा आफैंले भरेका छन् । सन्तोष राजबाहकद्वारा निर्देशित भिडियोमा सत्यकला लामा, दिनेश कठायत, सिवानी लामा पाख्रिनको अभिनय रहेको छ। 

पछिल्लो समय केही बादल थापा सांगीतिक आकाशमा निकै जमेका छन् ।  केहि हप्ता आगाडी मात्रै सार्वजनिक बादलको आफ्नै शब्द संगीत र स्वरमा रहेको गीत “धुरुरु” ले चौतर्फी चर्चा पाएको छ । यसअघि पनि दुई अक्षरको माया बोलको गीतले सर्वाधिक चर्चा बटुल्न सफल भएको थियो ।
भिडियो हेर्नुहोस् :- 

प्रकाशित: शुक्रबार, ११ असार २०७८, १२ : ५६ pm

प्रतिक्रिया दिनुहोस

Related News