'भ्वाइस अफ नेपाल' बाट बाहिरिएका गायक इशान राईको गीत ‘यो दिलमा’ सार्वजनिक

'भ्वाइस अफ नेपाल' बाट बाहिरिएका गायक इशान राईको गीत ‘यो दिलमा’ सार्वजनिक
Glammandu प्रकाशित: बुधबार, ०९ असार २०७८, १२ : ४४ pm

'द भ्वाइस अफ नेपाल सिजन ३' को नक आउटबाट बाहिरिएका गायक इशान राई नयाँ गीतहरु ल्याउनमा व्यस्त छन् । यस्तै, क्रममा गायक इशानको ‘यो दिलमा’बोलको गीत सार्वजनिक भएको छ । विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको हो । 

‘यो दिलमा’बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई गायक इशानले स्वर दिएका छन् ।  
चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो । 

इशान ‘धरानकी सान्ननी’गीतको सफल्तापछि ‘यो दिलमा’ गीतबाट पनि सफल्ताको खोजीमा रहेका छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रकाशित: बुधबार, ०९ असार २०७८, १२ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News