"रामपियारी भर्सेस रामपियारा" मा कबिता राय र सुधिर श्रेष्ठ

"रामपियारी भर्सेस रामपियारा" मा कबिता राय र सुधिर श्रेष्ठ
Glammandu प्रकाशित: मंगलबार, २५ जेठ २०७८, १० : ३२ pm

नायिका तथा मोडल कबिता राय अभिनित नयाँ म्युजिक भिडियो "रामपियारी भर्सेश रामपियारा" सार्वजनिक भएको छ ।  

जीवन बडू र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको यस गीतमा कबिता रायसँगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ । यस गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देखन सकिन्छ ।  र्यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेन्ड अनुसार निर्माण गरिएको छ । दर्जनौं म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता रायले यस गीतबाट राम्रै आश गरिएको बताएकी छिन् ।

केहि दिनअघि मात्र नायक तथा मोडल पल शाहसँग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुवैसँग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन ।  हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ।  डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधिरले पनि कवितासँग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए ।  

डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ् पाउनेमा नायिका तथा मोडल कबिता राय ढुक्क रहेकी छिन् ।

निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: मंगलबार, २५ जेठ २०७८, १० : ३२ pm

प्रतिक्रिया दिनुहोस

Related News