लकडाउन गट ट्यालेन्टको अन्तिम राउन्डका टप ५० छनोट

लकडाउन गट ट्यालेन्टको अन्तिम राउन्डका टप ५० छनोट
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : २२ pm

ग्ल्याममान्डु,काठमाडौँ स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा आयोजना गरेको ‘डिजीपे­ लकडाउन्स गट ट्यालेन्ट’ (एलजीटी) प्रतियोगिताको अन्तिम राउन्डका लागि टप ५० प्रतिष्पर्धी छनोट भएका छन् ।

गत जेठदेखि चार राउन्डसम्म चलेको प्रतियोगिताबाट हरेक राउन्डमा १०-१० जनाका दरले र वाइल्ड कार्डबाट थप १० जना गरी ५० जना प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि छनोट भएको प्रतियोगिताका आयोजक स्टेट एड मिडियाकी कार्यकारी अध्यक्ष शालिनी नेपालले जानकारी दिनुभयो ।

नेपालका अनुसार अन्तिम छनोटमा परेका ५० प्रतिष्पर्धीमध्ये २९ महिला र २१ जना पुरुष छन् । आयोजकका अनुसार साउन ५ देखि ११ गतेसम्म अन्तिम राउन्डको भोटिङ हुनेछ, जसका आधारमा साउन १२ गते मिस एलजीटी र मिस्टर एलजीटी छनोट गरिने छ । विजेताहरूले नगद २५-२५ हजार रूपैयाँ र गिफ्ट भौचर पाउने छन् ।

अन्तिम राउन्डमा छानिएका ५० अन्तिम प्रतिस्पर्धीले आफ्नो डिजीपे मोबाइल वालेट खातामा १ हजार रुपैयाँका दरले नगद पाउने र प्रतियोगिताका विभिन्न प्रायोजकका तर्फबाट ४० हजार रुपैयाँबराबरको गिफ्ट भौचर प्राप्त गर्ने डिजीपेका कार्यकारी प्रमुख दिवाकर पाण्डेले बताउनु भयो ।

यो प्रतियोगितामा भाग लिन आफूमा रहेको जुनसुकै प्रतिभा– नृत्य, गायन, अभिनय, जादुगरी, संगीत, पाककला– कुकिङ, टिकटक, कविता आदिको भिडियो बनाएर पठाउनुपर्ने व्यवस्था गरिएको थियो भने ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयर र डिजीपे एपबाट भोटिङको आधारमा प्रतियोगिताका विजेता छनोट गरिने नेपालले जानकारी दिनुभयो ।

कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका अवधिमा स्वस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताका आयोजक स्टेट एट मिडियाका कार्यकारी अध्यक्ष नेपालका अनुसार २ महिनाको अवधिमा २०० भन्दा अधिक भिडियो प्रतियोगितामा सहभागिताका लागि प्राप्त भएको थियो ।

नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपे मुख्य प्रायोजक रहेको प्रतियोगितामा नेटम्याक्स ग्लोबेन्सी, बेननेभिज, एलओडी, लस इक्सोबार्स, क्यूएफएक्स, टिटाइम कफी ब्रेक र इजीकेयर सहप्रायोजक छन् । अफिसियल प्रमोटरका रुपमा नेपाली म्युजियर रहेको प्रतियोगिताको अफिसियल डिजिटल मार्केटिङ पार्टनर डिजिटल बाजे र अफिसियल बैंक एनसीसी बैंक रहेको छ ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १३ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News