श्रीपेच र्याप म्यूजिक रियलिटी शो हुने

श्रीपेच र्याप म्यूजिक रियलिटी शो हुने
Glammandu प्रकाशित: विहीबार, ०३ भदौ २०७८, १७ : २५ pm

नेपालमा पहिलो पटक नेपहपको श्रीपेच र्याप म्युजिक रियालिटी शो हुने भएको छ ।

उक्त शोका लागि टिमले नेपालका केही ठुला सहरहरूमा गएर अडिसन लिने जानकारी गराएका छन् । साथै कोरोनालाई मध्य नजर गर्दै सबै ठाउँमा अडिसन लिन पनि नमिल्ने भएकाले उक्त शोमा सहभागी हुन चाहाना हुनेहरूले डिजिटल अडिसनबाट पनि भाग लिन सक्ने छन् ।

यस शो डिसहोम र मिडिया एकेडेमीको सहकार्यमा हुन लागेको हो । भोटिङ पार्टनरको रूपमा आइएमइ पे रहेको छ भने डिसहोम फाइबर नेट र आइएमइ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । शोमा निर्णायकको रूपमा र्यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ भने एक जना जज सँग भने कुरा भइरहेको टिमले बताएका छन् । उक्त जज् चाहिँ को हुन्छ भनेर चाहिँ खुलाइएको छैन ।

उक्त रियालिटी शोको विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।

र्याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्याप सङ्गीत पश्चिमी देशमा अधिक प्रचलित छ । र्याप संगीतको इतिहास ‘स्टोरीटेलिङ्ग’ (कथा भन्ने शैली) सँग जोडिएको छ। र्याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रूपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन । यसमा र्यापर (अर्थात् कथा वाचक) ले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रास युक्त तर बोलीचालीको भाषा गाउँछन् ।

नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरूमा र्याप संगीतको लोकप्रिय जनरा का रूपमा स्थापित हुँदै गएको छ । विशेष युवा पुस्तामा र्याप लोकप्रिय छ। यसैलाई मध्य नजर गर्दै नयाँ गायन रियालिटी सो नेपहपको श्रीपेच हुने भएको छ।

प्रकाशित: विहीबार, ०३ भदौ २०७८, १७ : २५ pm

प्रतिक्रिया दिनुहोस

Related News