मिलनले रुवाए बादललाई "धुरूरू" (भिडियो)

मिलनले रुवाए बादललाई "धुरूरू" (भिडियो)
Glammandu प्रकाशित: शनिबार, २२ जेठ २०७८, २० : ०१ pm

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ ।

मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रोहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ । प्रेमिकाको वियोग, याद र चिनो सबै कुराको मिसावटमा बनेको यो गीत साँच्चै नै मार्मिक छ ।

चक्र बहादुर बरालले खिचेका यो गीतको सम्पादन हीम सागर बामले गरेका हुन् । यो गीतको सहायक निर्देशन पनि हीम सागर बामले नै गरेका हुन् ।

प्रकाशित: शनिबार, २२ जेठ २०७८, २० : ०१ pm

प्रतिक्रिया दिनुहोस

Related News