आकाश आँचलसँग जिस्किएपछि रिसाइन् पूजा

आकाश  आँचलसँग जिस्किएपछि रिसाइन् पूजा
Glammandu प्रकाशित: शनिबार, २५ बैशाख २०७८, १५ : ५७ pm

गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘धारै नखोली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

उक्त गीतको भिडियोमा नायिकाद्धय पूजा शर्मा, आँचल शर्मा र नायक आकाश श्रेष्ठलाई एकसाथ देख्न सकिन्छ। भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् ।

दिनेश राज पुरीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।


भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । 

प्रकाशित: शनिबार, २५ बैशाख २०७८, १५ : ५७ pm

प्रतिक्रिया दिनुहोस

Related News