प्रविशा र सुभाषको ‘सामिप्यता’सार्वजनिक

प्रविशा र सुभाषको ‘सामिप्यता’सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, २४ बैशाख २०७८, १४ : ४५ pm

गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको आवाजमा रहेको गीत ‘सामिप्यता’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियो स्लो मोनस पिक्चर्स युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको हो ।

टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ । यो गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहालाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियोलाई प्रथमले नै निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

प्रकाशित: शुक्रबार, २४ बैशाख २०७८, १४ : ४५ pm

प्रतिक्रिया दिनुहोस

Related News