प्रदिप अधिकारीको "सुर्ती जर्दाले" ट्रेन्डिङमा

प्रदिप अधिकारीको "सुर्ती जर्दाले" ट्रेन्डिङमा
Glammandu प्रकाशित: मंगलबार, ०७ बैशाख २०७८, १३ : ०७ pm

लोक गीत सर्जक प्रदिप अधिकारीको “सुर्ती जर्दाले” युट्युबको ट्रेन्डिङमा पुगेको छ । सर्जक प्रदिप अधिकारीकै यूट्युब च्यानलबाट (शनिबार) सार्वजनिक भएको उक्त गीत ३ दिनमै युट्युबको ट्रेन्डिङ नम्बर २३ मा पुगेको हो । 

उक्त गीतमा राजु परियार, समिक्षा अधिकारी, रबिन लामिछाने र मनमाया वाइवाको सुमधुर आवाज रहेको छ भने प्रदिप अधिकारीको लय सिर्जना, रमेश बिजीको शब्द सिर्जना रहेको छ । 

नबराज उप्रेतीको छायांकन रहेको उक्त गीतलाई चर्चित निर्देशक दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् । 

मनोज कार्कीको सम्पादन रहेको सुर्ती जर्दाले ‌म्युजिक भिडियोमा शंकर बिसी, अञ्जली अधिकारी, बिमल अधिकारी, लक्ष्मी तिमल्सिना, निर आले, जीवन, सिर्जना, मनोज बिक, बिना बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । 

भिडियो हेर्नुहोस्:-
 

प्रकाशित: मंगलबार, ०७ बैशाख २०७८, १३ : ०७ pm

प्रतिक्रिया दिनुहोस

Related News