गायक सुदिप भण्डारीको नयाँ गीत ‘सोचि हेरन’ सार्वजनिक

गायक सुदिप भण्डारीको नयाँ गीत ‘सोचि हेरन’ सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ०७ बैशाख २०७८, १२ : १४ pm

लामो समय देखि संगीत क्षेत्रमा आबद्ध रहँदै आएका गायक सुदिप भण्डारीको स्वरमा रहेको नयाँ गीत ‘सोची हेर न’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । 

गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा स्माईलको संगीत तथा सन्देश रुचालको संगीत संयोजन रहेको छ ।

बाध्यता र सामाजिक जिम्मेवारी भित्रको प्रेम कथा समेटिएको भिडियोमा प्रतिभावन कलाकार बिकाश लामिछाने र सिर्जना जिसीको उत्कृष्ट अभिनय रहेको छ । अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्सन साहले सम्पादन गरेको यस भिडियोलाई  सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन् ।

डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको भिडियोका निर्माता उपेन्द्र श्रेष्ठ हुन् । गीतको म्युजिक भिडियो ‘डश म्युजिक नेपाल’ को अफिसियल यूट्युब च्यानल मार्फत हेर्न सकिनेछ । 

भिडियो हेनुहोस्:-

प्रकाशित: मंगलबार, ०७ बैशाख २०७८, १२ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News