गायिका शान्ती श्री परियारको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

गायिका शान्ती श्री परियारको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, ०३ बैशाख २०७८, १५ : ५५ pm

नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ ।

निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ । गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ  । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित: शुक्रबार, ०३ बैशाख २०७८, १५ : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News