विक्रम बरालको ‘भन्थे बाजेले..’ सार्वजनिक

विक्रम बरालको ‘भन्थे बाजेले..’ सार्वजनिक
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ०९ pm

ग्ल्याममान्डु, काठमाडौं – विक्रम बरालको स्वरमा रहेको ‘भन्थे बाजेले..’ भन्ने नयाँ गीत सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको उक्त गीतको भिडियो सहित सार्वजनिक भएको हो ।

शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ०९ pm

प्रतिक्रिया दिनुहोस

Related News