सन्जु बाबाको सत्य घट्नामा आधारित उठ्न देऊ सार्बजनिक(भिडियो सहित)

सन्जु बाबाको सत्य घट्नामा आधारित उठ्न देऊ सार्बजनिक(भिडियो सहित)
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : ५५ pm

ग्ल्याममान्डु, काठमाडौं – लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित उठ्न देऊको म्युजिक भिडियो सार्बजनिक भएको छ।

फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्। भाइरल भैदियो, ‘मै हुँ हिरो र ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्बाधिक चर्चामा रहेको गित पछि उनले अहिले उठ्न देऊ लिएर आएका छन् ।

ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ। सत्य घटनामा आधारित सञ्जीव क्षेत्री अर्थात सन्जु बाबाले बाल्यकाल देखिनै कुलतमा फसेर भोग्नु परेको दुख पिडा, सामाजिक बहिस्कारलाइ भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरि कुलत बाट छुट्कारा पाएर सामाजिक जिबनमा फर्के भन्ने कुरा आकर्षक ढंग बाट प्रस्तुत गरिएको छ। सन्जु बाबालाइ उक्त भिडियोमा दुई पक्ष सकारात्मक तथा नकारात्मक रुपमा निर्देशकले अभिनय गराएका छन्। सन्जु बाबा संगै ३ बर्षिय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो जिबन्त अभिनय समेत देख्न सकिनेछ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : ५५ pm

प्रतिक्रिया दिनुहोस

Related News