बलिउड अभिनेता आमिर खानले आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गर्दा फिल्ममा शाहरुख खान र सलमान खानले केमियो गर्ने चर्चा चलेको थियो । भारत स्वतन्त्रतादेखि लिएर अहिलेसम्मको अवस्थालाई उतारिने फिल्ममा सलमान खानको ‘मेने प्यार किया’ र ‘शाहरुख खानको ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’को केही झलक देखिने खबरले फ्यानहरु उत्साहित थिए ।
तर अहिले फिल्मसँग जोडिएको नयाँ खबर बाहिर आएको छ । खबरअनुसार सलमानले आमिरको फिल्ममा केमियो गर्न अस्वीकार गरेका छन् । आमिरको फिल्म कोरोना भाइरस महामारीको समयमा खिचिएको थियो । जसकारण उनले कैयौं समस्या भोगिरहेका छन् ।
आमिरले सुटिङ भइरहँदा सलमानलाई कैयौं पटक आफ्नो सुटिङ समय तालिका मिलाउन आग्रह गरेका थिए । तर सलमानले त्यो समय मिलाउन सकेनन् । सलमान लगातार आफ्नो आउने प्रोजेक्टमा व्यस्त छन् । जसकारण उनले आमिरको फिल्मलाई समय दिन सकेका छैनन् । त्यसैले आमिरले नै सलमानलाई केमियोबाट हटाउने निर्णय लिएका छन् ।
यो फिल्म सन् २०२२ को अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मको पोस्ट प्रोडक्सन अहिले तिब्र गतिमा चलिरहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस