अफ्रिकन महिलाले गाइन् फुलबुट्टे सारी (भिडियो सहित)

अफ्रिकन महिलाले गाइन् फुलबुट्टे सारी (भिडियो सहित)
Glammandu प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, १५ : ४६ pm

बहुचर्चित नेपाली गीत फूलबुट्टे सारी युगान्डाकी वियोन्से फ्यामेसीको आवाजमा सार्वजनिक भएको छ । गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो।

अहिलेसम्म यो गीत नेपाली गायक मिलन नेवार, मार्मिक लामा,  अरिष्मा सिवाकोटी तथा कलाकार मदन कृष्ण श्रेष्ठको स्वरमा हिट भएका थिय। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा पाइन्छ। यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन्।विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ।

दि क्याप्टेन वियोन्से फ्यामेसीले गाएको गीतमा पनि ६१ हजार भ्यूज नाघिसकेको छ। उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो ।

 

प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, १५ : ४६ pm

प्रतिक्रिया दिनुहोस

Related News