सर्पले टोक्यो सलमान खानलाई

सर्पले टोक्यो सलमान खानलाई
Glammandu प्रकाशित: आइतबार, ११ पुस २०७८, १४ : ४५ pm

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो । 

उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् । 

सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् । 

उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो । 

प्रकाशित: आइतबार, ११ पुस २०७८, १४ : ४५ pm

प्रतिक्रिया दिनुहोस

Related News