डिशहोममा ‘कमेडी क्याफे’ सञ्चालन

डिशहोममा ‘कमेडी क्याफे’ सञ्चालन
Glammandu प्रकाशित: बुधबार, ०४ चैत्र २०७७, १५ : ५६ pm

डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको हछ । 

कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गते देखि डिशहोमको रियालिटी टिभी च्यालन नम्बर १ सय २ मा हरेक शनिबार साँझ ७ बजे प्रसारण भइरहेको छ । विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोनमार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्रन्क (झुक्याउने) कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् ।

हाँस्य टेलिऋंखलामा ‘माने’ र ‘रेन्बो सोल्टा’ नाममार्फत परिचितक लाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई झुक्याँछन् । यस कार्यक्रममार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ । 
 

प्रकाशित: बुधबार, ०४ चैत्र २०७७, १५ : ५६ pm

प्रतिक्रिया दिनुहोस

Related News