पिता बने अभिनेता खगेन्द्र लामिछाने

पिता बने अभिनेता खगेन्द्र लामिछाने
Glammandu प्रकाशित: बुधबार, ०२ भदौ २०७८, १३ : ५४ pm

नेपाली चलचित्रको चर्चित अभिनेता खगेन्द्र लामिछाने पिता बनेका छन् ।

आज (बुधबार) बिहान खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजाल फेसबुक मार्फत खगेन्द्रले छोरीको एक तस्विर पोस्ट गर्दै आफू पिता बनेकोमा खुसी व्यक्त गरेका छन् ।

खगेन्द्रले सामाजिक संजालमा छोरीको तस्वीर पोष्ट गरेपछि उनी र रोजिनालाई बधाई दिनेको ओइरो लागेको छ । खगेन्द्रले ‘पशुपति प्रसाद, धनपति, टलकजंग भर्सेस टुल्के’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । 

611cc9153df41.JPG
प्रकाशित: बुधबार, ०२ भदौ २०७८, १३ : ५४ pm

प्रतिक्रिया दिनुहोस

Related News