गायक टेकेन्द्र रोकायाको तीज गीत ‘नाच्ने हो बेसरी’ सार्वजनिक

गायक टेकेन्द्र रोकायाको तीज गीत ‘नाच्ने हो बेसरी’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ३१ साउन २०७८, १३ : २७ pm

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको  को आवाजमा नयाँ तिज गीत ‘नाच्ने हो बेसरी ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । उक्त गीत ‘टेकेन्द्र रोकाया’ युट्युब च्यानलमार्फात सार्वजनिक भएको हो । 

गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिजको महत्वलाई गीतमा समेटिएको छ  । तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन । दिनेश पराजुलीको छायाँकन , राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । ‘नाच्ने हो बेसरी’ गीतको भिडियोमा  डीमोन क्षेत्री र अर्नबि ढुगांना को अभिनय रहेको छ ।

भिडियो गर्नुहोस् :

 

प्रकाशित: आइतबार, ३१ साउन २०७८, १३ : २७ pm

प्रतिक्रिया दिनुहोस

Related News