चर्चित गीत ‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

चर्चित गीत ‘पियारी’ को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)
Glammandu प्रकाशित: शनिबार, १८ बैशाख २०७८, १० : २३ pm

पछिल्लो समय युट्युव, टिकटकदेखि सामाजिक सञ्जालमा सर्वत्र रूचाइएको देउडा शैलिको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्टुव च्यानलबाट बिहिबार अपरान्ह गीतको भिडियो सार्वजनिक गरिएको हो । 

प्रतिभावान नवगायिका विशाखा शाही ठकुरीको स्वरमा रहेको उक्त गीत वास्तवमै हृदयस्पर्सी बनेको छ । जोसेफ शाही ठकुरीले स्वरमा रहेको ओरिजिनल गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’लाई परदेशमा दुःख गरिरहेको श्रीमानले सम्झाइरहेको भाव भेटिन्थ्यो । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफु कस्तो अवस्थामा जिवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव छ । 

जोसेफ शाहीको शब्दमा कोशिश क्षेत्रिको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् । 

फिमेल भर्सनमा स्वरमात्रै होइन गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ । भिडियोमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेन्चुरीको समेत अभिनय रहेको छ । राज पोखरेलको छायाँकन रहेको भिडियोको सम्पादन र निर्देशन समेत टेकेन्द्र शाहले गरेका हुन् । 

रियालिटी गायन प्रतिस्पर्धा ‘भ्वाईस अफ नेपाल सिजन–३’ मा बाजुराका प्रतिभा धर्मेन्द्र सुनारले ‘पियारी’ गीत गाएर चार वटै निर्णायकको मन जित्न सफल भएपछि गीत सर्वत्र रूचाइएको थियो । त्यसपछि ओरिजिनल गीतलाई पनि उत्तिकै रूचाइएको छ । हालसम्म युट्युवमा १८ लाख बढि दर्शकले गीतको भिडियो हेरिसकेका छन् । पियारीको फिमेल भर्सनलाई लिएर पनि युटुयुवमा निकै उत्साहजनक टिप्पणीहरू आएका छन् । सार्वजनिक भएको १५ घण्टामा गीतको भिडियो २७ हजार बढि दर्शकले हेरिसकेका छन् । 
भिडियो हेर्नुहोस् ः

प्रकाशित: शनिबार, १८ बैशाख २०७८, १० : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News