फिल्ममा काम गरेको पैसा माग्न दुई हात जोड्नुपर्छ : पल शाह

फिल्ममा काम गरेको पैसा माग्न दुई हात जोड्नुपर्छ : पल शाह
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ५१ pm

ग्ल्याममान्डु, काठमाडौं । अभिनेता पल शाहले फिल्मको पारिश्रमिक माग्न हात जोड्नु् पर्ने स्थिती रहेको बताएका छन् । उनले निर्माता निर्देशकहरुसँग बर्षौसँग बिन्ती गरेपछि पैंसा पाउने स्थिती रहेको बताएका छन् ।

यस्तो छ पल शाहले गरेको फेसबुक पोष्ट:

-फिल्मी क्षेत्रमा Nepotism(नातावाद्), कृपावाद्, ग्रुपिजम अनि Depression, Suicide को कुरा चलिरहदा अर्को एउटा कुरा उठाउन मन लाग्यो ।

-के तपाईंले परीश्रम गरे अनुसार समयमा आफुले पाउनु पर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?

-के तपाईंले आफुले गरेको फिल्मको पैसा पाउन बर्षौ बर्ष सम्म Director, Producer सँग दुई हात जोड्नु परेको छ ?

-यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेको कलाकारलाई त्यहि फिल्मको पैसा पाउन बर्षौ बर्ष कुर्नु पर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?

-आफ्नो फिल्मको Agreement अनुसार producer सँग payment माग्दा  यो हाम्रो फिल्मले सोचेको जस्तो ब्यापार गरेन त्यसैले यो पैसा अहिले दिन सक्दैन म , यदि ५०% Discount (Consider) गरिदिने भए गर नभए पछी बिस्तारै दिउला भनेर २-३ बर्ष झुलाउदा त्यो कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउला ?     र त्यहि Producerले भन्छ हाम्रो Nepali Film Industry लाई बचाउनु छ्, एकले अर्कोलाई सपोर्ट गरी अघी बढ्नु छ ।

-हो, अब हामी सबैले सोच्नु पर्ने बेला आएको छ र त्यो व्यक्ति Depression को सिकार हुनु भन्दा पहिले नै सबैको सामु यो कुरा राख्नु पर्ने जरुरी भएको छ र सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ५१ pm

प्रतिक्रिया दिनुहोस

Related News