अभिनेत्री करिश्मा मानन्धर क्वारेन्टाइनमा बस्ने

अभिनेत्री करिश्मा मानन्धर क्वारेन्टाइनमा बस्ने
Glammandu प्रकाशित: बुधबार, ०८ बैशाख २०७८, १७ : १८ pm

नायीका करिश्मा मानन्धर क्वारेन्टाइनमा बस्ने भएकी छन् । 

चर्चित अभिनेत्री केकी अधिकारी र वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएकाले उनले केही दिन क्वारेन्टाइनमा बस्ने निर्णय गरेकी हुन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै एकान्तबास बस्ने जानकारी दिएकी हुन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन् ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु ।’ 

प्रकाशित: बुधबार, ०८ बैशाख २०७८, १७ : १८ pm

प्रतिक्रिया दिनुहोस

Related News