जीम बन्द भए पनि समस्या छैन

जीम बन्द भए पनि समस्या छैन
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ४९ pm

ग्ल्याममान्डु, काठमाडौं । अभिनेत्रि प्रियंका कार्कीले एक तस्बिर सार्वजनिक गर्दै जीम बन्द भएपनि समस्या नभएको बताएकी छन् । अभिनेता आयुष्मान देशराज जोशीसँग लकडाउन अघिमात्रै विवाह गरेकी अभिनेत्री प्रियंका कार्की यति बेला लकडाउनका कारण घरमा नै बसिरहेकी छिन् ।

दुवै जना अहिले भैँसेपाटी स्थित घरमा बसिरहेका छन् । विवाहित जोडीले इन्स्टाग्राममा फोटो सेयर गर्दै जीम बन्द भएपनि समस्या नभएको उल्लेख गरेका हुन् ।

लकडाउनका बेला समाजिक सञ्जालमा निकै सक्रिय रहेका बेला प्रियंकाले आयुष्मानसँगकाे फाेटाे सेयर गरेकी छनन् । प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरेकाे तस्बिरमा उनलाई आयुष्मानले ढाडमा बोकेका छन् । यस तस्बिरका बारेमा प्रियंकाले , जीम बन्द भए पनि समस्या छैन भन्दै लेखेकी छन्।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, १२ : ४९ pm

प्रतिक्रिया दिनुहोस

Related News