चलचित्र  "कृष्ण लीला" को पनि प्रदर्शन मिति स्थगित

चलचित्र  "कृष्ण लीला" को पनि प्रदर्शन मिति स्थगित
Glammandu प्रकाशित: शुक्रबार, २० चैत्र २०७७, १५ : १७ pm

चलचित्र  "कृष्ण लीला" को पनि प्रदर्शन मिति स्थगित भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि चैत २७ गते प्रदर्शन मिति तय गरिएको उक्त चलचित्रको पनि मिति स्थगित भएको हो ।

यसअघि लप्पन छप्पन २ र मनसँग मन’को पनि प्रदर्शन मिति स्थगित भएको थियो  । यी तीन चलचित्रकै प्रदर्शन मिति चैत २७ गतेको लागि घोषणा गरिएको थियो ।

तर, संक्रमण बढ्न थालेपछि अब यो मितिमा तीनै फिल्म प्रदर्शनमा नआउने भएका छन् । ‘लप्पन छप्पन २ र मनसँग मन’ पछि ‘कृष्ण लीला’ ले बिहीवार अनिश्चितकालका लागि रिलिज रोकेको छ । 
दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलर र दुई गीत यूट्युबमा सार्वजनिक भइसकेको छ ।

प्रकाशित: शुक्रबार, २० चैत्र २०७७, १५ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News