ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: शुक्रबार, २० चैत्र २०७७, ११ : १४ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८६ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (शुक्रबार) पनि ९ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य ९ सय रुपैयाँले बढेको थियो । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज (शुक्रबार) चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

प्रकाशित: शुक्रबार, २० चैत्र २०७७, ११ : १४ pm

प्रतिक्रिया दिनुहोस

Related News